चिन्दीन तिरस्कार , घात चिन्दीन
कस्तो छ खै विश्वास अनी साथ चिन्दीन ।
बोलीचाली , भाषा अनी उस्तै छन् शरिर पनी
ठुलो , सानो के हो कुन्नी जात चिन्दीन ।।
फुर्सद छैन सोच्न मलाई , न त कैल्यै रहर जाग्यो
के लाई भन्छन् साँझ , बिहान , प्रभात चिन्दीन ।।
सधैँ उस्तै लाग्छ मलाई बहने यो समय नी
पुर्णिमा र औँसीको त्यो रात चिन्दीन ।।
परिचित म एक्लै नै छु , बाँकी सबै बिरानो छन्
को हो आफ्नो ? , परायाको जमात चिन्दीन ।।