Quiet my thoughts

“If we all had the attitude that we can do anything, that we can be anything, if we follow our professional dreams, concepts and our heart. we can change the world.

Monday, April 24, 2017

Our life are defined by opportunities. Even the on...

Our life are defined by opportunities. Even the on...
https://bpnpokhrel.blogspot.ae/

I have watched you both throughout  years,laugh, cry and grow...
 And it is difficult to know that someday I will  have to let you go.


our relationship ended in a good note but, it didn’t.




 I just can't imagine a day of my life without  you...
 Because you're a part of me and my love for  you is true.

Sunday, April 23, 2017

दुश्मन धेरै थिए आँखा छल्नु पर्थ्यो फेरि,, लुकिछिपी भेट्नुको छुट्टै आन्नद थियो। आज उनि कारमा छिन म भट्टीमा छु।।

दुश्मन धेरै थिए आँखा छल्नु पर्थ्यो फेरि,,
लुकिछिपी भेट्नुको छुट्टै आन्नद थियो। आज उनि कारमा छिन म भट्टीमा छु।।
उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ गरे तर जति गफ गरे आफैले विसे । उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो । उसको अफिसबाट घर तिर लागे मन नलागीकन उनको स्मृतिहरु लिएर ।
रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढ्यो अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुँ कसो गरुँ को अवस्थामा थिए म । एक कप चिया बनाए झ्याल निर बसेर बाहिर हेर्दै चिया पिइरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहु जान लागेकी रहिछ भनेर हेरे मैले ।
उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झ्यालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसँग फर्केर आइन मेरो घर तिर हेर्दै गइन । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।
म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्द उनलाई पनि देखे सायद साथीसँग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाँसेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसँग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एक किसिमको चिसो भयो मन । उनलाई देखेर मन हाँस्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन । म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेरी रहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी । उसले मलाई देखि हाँसी । म मनमनै गद्गद भए ।
अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर् यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्यो मैले मौन रुपमा हो भने । सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है उसले केहि भन्न सकेन मौन भयो । उसले सोध्यो किन के कारण हो  जागीर खाने भन न मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन । लक्ष्य बनिन उनी प्राप्ती का लागी । राजेशले मेरो कुरा काट्न सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो । म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा धेरै राम्री देखिएकी थिइन उनी ।
उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए । नजिकै थिइन उनी लजाइन । गाजलु ती आँखाहरु मानौ मलाई हेर्न नै व्यस्त थिए म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।
आज तिम्रो परिचय एकजना सँग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न उसले हेर्न भेटे पछि आफै थाहा पाउछँस । मेरो मनले सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए  भन्यो आभा उ मेरो साथी म अक्मक्क परे
म के बोल्ने भनेर सोच्न थाले तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे । उनले पनि कति विचारहरुमा सहमती जनाइन । ज्यादै शिष्ट थिइन । म मनमनै धेरै हर्षीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएको मैले अह ! भने । म लिन्न सायद आभाले थाहा पाई । म उसँग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागि । नजिक रहनका लागिअपनत्वका लागि । हामी धेरै बेर बातचीत गरिरहयौ । यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजी दिनुहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले । होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही । राजेशको कुरा सुनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि । 
.

Thursday, April 20, 2017

Sharing quotes

“Love only grows by sharing. You can only have more for yourself by giving it away to others.” -Bipin Pokharel  Follow @bpnlegen...

ALL Photos